Comments Add Comment

रातिमात्रै चलाउनुपर्ने नियमविरुद्ध ट्रिपर चालक विरोधमा उत्रिए

४ साउन, काठमाडौं । काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् ।

धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् । अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्‍याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत नभएकाले आन्दोलनमा उत्रिएको सवारी चालक समाजका अध्यक्ष नारायणप्रसाद पन्तले बताए ।

‘कि ट्रिपर प्रतिबन्ध गर्नुपर्‍यो, होइन भने रातिमा मात्र चलाउने गरी नियम ल्याउन पाइदैन’ उनले भने । काठमाडौं उपत्यका छिर्ने ट्रिपरले दुर्घटना बढाएको भन्दै स्थानीय प्रशासनले साउन १ देखि राति ८ बजेपछि मात्रै ट्रिपर चल्न पाउने नियम लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment