Comments Add Comment

मानवअधिकार आयोगले भन्यो : मलेठ प्रतिवेदनमाथि छलफल हुन्छ

४ साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सप्तरीको मलेठ घटनाको छानबिन प्रतिवेदनमाथि थप छलफल हुने बताएका छन् ।

मलेठ घटनाको प्रतिवेदनमाथि असहमति राख्दै ज्ञापनपत्र बुझाउन आएका स्थानीय अधिकारकर्मीसँग उनले भने, ‘प्रतिवेदनका सन्दर्भमा आएका टीका टिप्पणीको समीक्षा गरिन्छ । त्यसमा भएका तथ्यबारे थप छलफल हुन सक्छ ।’

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची-महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो । उक्त प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।

तर सप्तरी, पर्सा, कपिलवस्तु, रौतहट, धनुषालगायतका जिल्लाका अधिकारकर्मीहरुले प्रतिवेदन सही नभएको भन्द्र आयोगमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउदै अधिवक्ता रक्षाराम हरिजनले प्रतिवेदन कसैको प्रभावमा आएको प्रष्ट देखिएको आरोप लगाए ।
घटनामा राज्यपक्षबाट दमन भएको भन्दै व्यापक विरोध सुरु भए लगत्तै आयोगले छानबिन गर्न पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकमा समिति गठन गरेको थियो ।

मानव अधिकार आयोगका अध्यक्ष शर्माले सरकारी टोलीको प्रतिवेदन समेत सार्वजनिक नभएकाले मलेठ घटनाका सन्दर्भमा सरकारी धारणा के आउछ भन्ने समेत महत्वपूर्ण रहेको बताए ।

के हो विवाद ?

मानव अधिकार आयोगको प्रतिवेदनमा घटनाको मूल जिम्मेवारी तत्कालिन लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमाले जस्ता राजनीतिक दलहरुले लिनुपर्ने भनेको छ ।

तर, पाँच जनाको मृत्यु सरकारी सुरक्षाकर्मीको गोली लागेर भएको थियो । यसलाई प्रतिवेदनले अत्यधिक वल प्रयोग भन्न नमिल्ने भनेपछि विरोध भएको हो ।

प्रतिवेदनले कसको आदेशमा कसले गोली चलाएको भनी किटान समेत नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायतका पार्टीहरुले विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment