Comments Add Comment

मासिक भत्ता १० हजार बनाउन अपांग महासंघको माग

४ साउन, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मासिक भत्ता १० हजार पुर्‍याउनुपर्ने लगायतका ३८ बुँदे माग प्रदेश ५ सरकारलाई बुझाएको छ ।

महासंघले शुक्रबार मुख्य मन्त्री शंकर पोखरेललाई भेटी अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि मासिक भत्ता दश हजार बनाउन माग गरेको हो ।

सर्वोच्च अदालतले २०६९ साल साउन २९ गते गरेको फैसलाको कार्यान्वयनको लागि पूर्ण अशक्त अपाङ्गता र बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सहयोगीको ब्यवस्था गर्न आवश्यक बजेट बिनियोजन गर्न पनि महासंघले माग गरेको छ ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाहरूका आधारमा प्रदेश स्तरमा नीति तथा कार्यक्रम तय गरी आवश्यक बजेट विनियोजन गर्न र उनीहरुले आफै रोजगार हुने गरी व्यवसाय, संस्था, उद्योग, कम्पनी संचालन गर्दा दर्ता शुल्कमा पुर्ण छुट र अन्य व्यक्तिहरुलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि माग गरेका छन् ।

ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले कानुन बनाउने क्रममा रहेकोले अपाङ्गमैत्री बनाउन माग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment