Comments Add Comment

रामगोपालले सञ्जय दत्तको अर्को वायोपिक बनाउने

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ व्यवसायिकरुपमा जति सफल भयो, आलोचना पनि उत्तिकै खेप्नुपर्‍यो । आलोचकहरुले सञ्जय दत्तको धमिलो छवि सुधार्ने नियतले निर्देशक राजकुमार हिरानीले यो चलचित्र बनाएको आरोप लगाएका छन् ।

हुन पनि फिल्मले सञ्जय दत्तका धेरै नकारात्मक पाटोहरुलाई कार्पेटमुनि लुकाउने प्रयास गरेका छ र सकारात्मक पक्षहरुलाई बढि जोड दिएको छ । सञ्जय दत्त आतंकवादी होइनन् भन्ने पुष्टि गर्न फिल्मले मिहिनेत गरेको देखिन्छ ।

अब अर्का एक दिग्गज निर्देशक सञ्जय दत्तको जीवनलाई जस्ताको तस्तै पर्दामा ल्याउन कस्सिएका छन् । उनी हुन् रामगोपाल बर्मा । फिल्म ‘रंगीला’ बाट चर्चित बनेका यी निर्देशकका पछिल्ला फिल्महरु भने फ्लप छन् ।

एक अन्तरवार्तामा रामगोपालले सञ्जय दत्तमाथि अर्को बायोपिक बनाउन लागेको पुष्टि गरे । त्यसका लागि आफू अहिले सञ्जय दत्त निकटका व्यक्ति तथा प्रहरीहरुसँग छलफल गरिरहेको उनको भनाई छ ।

सञ्जय दत्तले अवैधरुपमा एक के ४७ राखेको विषयलाई फिल्मले प्रमुखताका साथ उठाउने भएको छ । यो हतियार उनलाई कसरी प्राप्त भयो र यसले कसरी उनलाई जेलसम्म पुर्‍यायो भन्ने विषयलाई हाइलाइट गरिने छ जसलाई सञ्जुले लुकाउने प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment