Comments Add Comment

दोहोरो शतक हान्दै फखार जमानले इतिहास रचे

४ साउन, काठमाडौं । जिम्बाब्वेविरुद्ध दोहोरो शतक हान्दै फखार जमान सर्वाधिक रन बनाउने पाकिस्तानी ब्याट्सम्यान बनेका छन् । अविजित २१० रन बनाएका उनले २१ वर्ष पुरानो सइद अनवरको रेकर्ड तोडेका छन् ।

पाकिस्तानका पूर्वब्याट्सम्यान अनवरले सन् १९९६ मा भारतविरुद्ध १९४ रनको पारी खेलेका थिए ।

जिम्बाब्वेविरुद्ध चौथो एकदिवसीयमा जमानले १५५ बलमा २४ चौका र पाँच छक्का हाने ।उनी दोहोरो शतक हान्ने पहिलो पाकिस्तान र समग्रमा छैटौं क्रिकेटर हुन् ।

भारतका सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, रोहित शर्मा, न्यूजिल्याण्डका मार्टिन गुप्टिल र वेष्टइण्डिजका क्रिस गेलले एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाएका छन् ।

उनले पहिलो विकेटका लागि इमान उल-हकसँग ३०४ रनको साझेदारी गरे । यो एकदिवसीय क्रिकेटमा पहिलो विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो ।

पाकिस्तानले घरेलु टोलीसामू ५० ओभरमा १ विकेट गुमाएर ३९९ रन बनाएको थियो । जमान २१० रनमा अविजित रहँदा उल-हकले ११३ रन बनाए ।

जवाफमा मैदान उत्रिएको जिम्बाब्वे १५५ रनमा अलआउट हुँदा पाकिस्तान २४४ रनले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment