Comments Add Comment

सोनालीको रोग थाहा पाउँदा छोरा रणवीरको यस्तो रियाक्सन

बलिउड नायिका सोनाली बेन्द्रे ठूलो विपत्तिमा फसेकी छन् । एकाएक ‘हाइ ग्रेड’ क्यान्सर भएको पत्ता लागेपछि उनी अमेरिकामा बसेर किमो लिइरहेकी छन् ।

आमाबाबु गम्भीर रोगको शिकार हुँदा सबैभन्दा चोट पर्ने भनेको छोराछोरीलाई नै हो । यतिबेला सोनालीका १२ वर्षिय छोरा रणवीर आफ्नी आमासँगै छन् । आफूलाई क्यान्सर भएको र जीवनमरणको लडाईमा रहेको कुरा छोरालाई उनले बताइसकेी छन् ।

‘सुरुमा छोरालाई यो कुरा सुनाउने कि नसुनाउने भन्ने द्विविधा थियो, तर आफ्नो जीवनमरणको कुराबारे छोरालाई अन्योलमा नराख्ने निर्णय लिएँ,’ सोनालीले भनेकी छन् ।

यो कुरा थाहा पाएपछि पनि रणवीर नअत्तालिएको उनले बताएकी छन् ।

‘सानो उमेरमा पनि उ अत्यन्त परिपक्व रहेछ,’ सोनाली भन्छिन्, ‘उ आत्तिएर रुनुको साटो मलाई नै हौसला दिन थाल्यो । केही बेर त यस्तो लाग्यो उ अभिभावक अनि म बच्चा हुँ ।’

यतिबेला रणवीरको स्कुल छुट्टिभएकाले उनले आमासँग समय बिताउने मौका पाएका हुन् । छोराको साथले सोनालीलाई निकै हौसला मिलेको छ । आफ्ना हरेक कुरा छोरासँग सेयर गरेर मन हलुका बनाइरहेको उनी बताउँछिन् ।

‘छोराको अनुहार हेर्दा पनि मभित्र आत्मबल बढिरहेको हुन्छ,’ सोनालीले लेखेकी छन् । साथै उनले हरेक आमाबाबुलाई आफ्ना गम्भीर समस्याहरु सन्तानबाट नलुकाउन सल्लाह दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment