Comments Add Comment

साउदीमा अलपत्र ३८ कामदारको उद्दार गरिँदै

४ साउन, काठमाडौं ।सम्झौताअनुसारको काम र तलब नपाएर साउदी अरेबियामा अलपत्र परेका ३८ कामदारको उद्दारका लागि सरकारले पहल थालेको छ । त्यसका लागि दबाव दिन कामदार पठाउने दुई म्यानपावरको कारोबार सम्पूर्ण रोक्का गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

तीनजुरे र इम्पावरमेन्ट म्यानपावरको कारोबार रोकर अलपत्र कामदारलाई तुरुन्त नेपाल झिकाउन म्यानपावरलाई दबाव दिइएको विभाग स्रोतले बतायो । ४ महिनाअघि साउदी पुगेका ३६ जना कामदार सोनमार क्याटि्रङ ट्रेडिङ एउण्ड एडभरटाइजिङ कम्पनीमा अलपत्र परेका हुन् ।

समझौताअनुसार तलव सुविधा दिन माग गरेपछि कम्पनीले १६ जनालाई कामदारलाई कामबाट निकालेको छ । निकालामा परेकाहरु नेपाली दूतावासमा आइपुगेका छन् । अलपत्र परेका सबै कामदारलाई तुरुन्त नेपाल झिकाउन श्रममन्त्री गोकर्ण बिष्टले विभागलाई निर्देशन दिएका छन् ।

क्याटि्रङको कामका लागि उनीहरुलाई साउदी लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment