Comments Add Comment

मुन्नाभाईको सिक्वेलमा ‘सर्किट’ बन्दै रणवीर

सञ्जय दत्त अभिनित बहुचर्चित बलिउड फिल्म हो ‘मुन्नाभाई एमबीबीएस’ । यो फिल्मको पहिलो सिक्वेल ‘लगे रहो मुन्नाभाई’ पनि उत्तिकै सफल भएको थियो ।

यी दुवै फिल्ममा सञ्जय दत्तको प्रमुख सहयोगी ‘सर्किट’ को भूमिकामा थिए, अरशद बारसी । यो भूमिका निकै हिट भयो । त्यसैले मुन्नाभाईबाट सर्किटलाई अलग्याउनै सकिदैन ।

अहिले निर्देशक राजकुमार हिरानी दोस्रो सिक्वेल निर्माणको तयारीमा छन् । यो सिक्वेलमा पनि सर्किटको भूमिका त रहने छ, तर यसमा अरशद बार्सी देखिने छैनन् । उनले लोकप य बनाएको यो भूीमकामा अब नायक रणवीर कपुरलाई खेलाउने निर्देशक हिरानीको तयारी छ ।

सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ हिट भएपनि रणवीरसँग बढिभन्दा बढि काम गर्न आतुर बनेका छन् निर्देशक हिरानी । त्यसैले उनले मुन्नाभाईको सिक्वेल पनि रणवीरलाई लिने योजना बनाएका हुन् । प्रमुख भूमिकामा सञ्जय दत्त नै भए पनि सर्किटको भूमिकालाई अझै प्रभावशाली बनाउने उनको सोच छ ।

यद्यपि कतिपयले भने सर्किटको भूमिकामा दर्शकले अरसदलाई नै मन पराएकाले नबदल्न निर्देशक हिरानीलाई सुझाव दिइरहेका छन् । तर, उनी स्वयम् भने रणवीरले खेलेपछि यो भूमिका अझै चर्चित बन्नेमा ढुक्क छन् ।

यो फिल्मको औपचारिक घोषणा भएको छैन । हिरानी अहिले स्क्रिप्ट लेखनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment