Comments Add Comment

१८ औं लिस्नु कप फुटबल आजदेखि


५ साउन, बुटवल । जिल्लाकै प्रतिष्ठित र ठूलो धन राशी पुरस्कारको फुटबल प्रतियोगिता लिस्नु कपको १८ औं संस्करण आज शनिबारदेखि शुरु हुँदैछ ।

तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति माविको खेल मैदानमा दिउँसो ४ बजेदेखि शुरु हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक र देशभक्त युवा क्लब मगरबुढा नवलपरासी भिड्दै छन् ।

लिस्नु युवा क्लब कोटिहवाको आयोजनामा नकआउटका आधारमा खेलाइने प्रतियोगिता साउन २१ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलसहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष तीर्थबहादुर मल्लले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । ५ हजार रुपैयाँ पुरस्कार राशीबाट शुरु भएको प्रतियोगितामा क्लबले पुरस्कारको राशी हरेक वर्ष बढाउँदै लगेको छ ।

क्लबस्तरमा लिस्नुको पुरस्कार राशी जिल्ल्लाकै सर्वाधिक हो । खेलाडी उत्पादन, फुटबल खेलको विकास र स्तरोन्नति एवं युवाहरुलाई कुलतबाट जोगाउन क्लबले विगत १८ वर्षदेखि निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको अध्यक्ष मल्ल बताउँछन् । यसपटकको प्रथम पुरस्कार स्थानीय समाजसेवी धनबहादुर पुन (पप्पु) र श्रीमती टिकमाया गुरुङ पुनले स्वर्गीय आमा प्यारी पुन र बुबा खबीर पुनको स्मृतिमा प्रायोजन गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष लिलप्रसाद गुरुङले बताए ।

उक्त रकम स्थानीय उद्योगी, व्यवसायी र खेलप्रेमीहरुबाट संकलन गरेर जुटाइने गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment