Comments Add Comment

पति-पत्नीबीच किन भनाभन भइरहन्छ ? यी हुन् दाम्पत्य सुखको कडी

पति-पत्नी भनेको समग्रमा एउटा परिवार हो । उनीहरुको सम्बन्धले पुरा परिवारमा खास प्रभाव पार्छ । पति र पत्नीबीच जब तालमेल हुन्छ, समझदारी हुन्छ, प्रेमिल सम्बन्ध हुन्छ, सार्थक सक्रियता हुन्छ, तब परिवार सुखी र खुसी हुन्छ । परिवार-सुखका लागि धन दौलत, पैसा नै चाहिन्छ भन्ने होइन । केवल आत्मिय सम्बन्ध र समझदार मन भए काफी हुन्छ । यस्तो मन र सम्बन्ध पति-पत्नीमा हुनैपर्छ ।

यदि त्यसो भएन भने, पति र पत्नीबीच मनमुटाव हुन्छ । झैझगडा हुन्छ । हरेक काममा तालमेल मिल्दैन । यसले परिवार कहिले पनि सशक्त, सुमधुर हुँदैन । एकअर्काको आड-भरोसा कमजोर हुन्छ । यसले दुबैको जीवन नष्ट गर्छ ।

दाम्पत्य जीवनमा सन्तुलन

विवाहले मानिसको जीवनमा धेरै चुनौतीहरु लिएर आँउछ । सँधै खुसी मात्रै होइन कहिले काँही दुःख पनि जिन्दगीको हिस्सा हुन्छ ।

यस्तोमा वैवाहिक बन्धन त्यतिबेलामात्रै सहज सुमधुर हुन्छ जतिखेर एकले अर्काको आवश्यकतालाई बुझेर एकअर्कालाई साथ दिन्छन् ।

यस्तोमा तपाईले त्यसको सन्तुलन मिलाउन धेरै जरुरी छ । त्यसैले भनिन्छ पति पत्नी भनेको एकै रथको दुई पाङ्ग्रा हुन वा एकै सिक्काको दुई पाटा हुन् । जुनसुकै मोड र जुनसुकै समयमा एकलाई अर्कोको साथ र सहयोग आवश्यक पर्छ ।

एकले अर्कालाई बोझको रुपमा व्यवहार नगरौं

यस्तोमा तपाईले ध्यान दिनुपर्ने कुरा के हो भने तपाईले आफ्नो पति वा पत्नीलाई झन्झट र बोझको रुपमा लिनुहुँदैन । त्यसको सट्टा आफ्नो कर्तव्य सम्भिmएर समझदारीपूर्वक काम गर्नुहोस् ।

तपाईहरुलाई एउटा उदाहरण सुनाउँछु । कुनै कारणले पतिको जागिर छुट्यो र उनी घरमै बस्न थाले । जागिर गएको झोँकमा उनी झनक्क रिसाउन थाले र पत्नीलाई यो व्यवहार मनपरेन । उनले पतिको समस्या बुझिनन् आफ्नो माइती गएर बस्न थालिन् । यसरी सुखसँग चलेको दाम्पत्य जीवनमा दरार उत्पन्न भयो ।

खासमा पत्नीले यस्तो कठिन क्षणमा आफ्नो पतिलाई साथ दिन जरुरी थियो । उनलाई थोरै संयमको आवश्यकता थियो । उनले समय कहिल्यैपनि एकैजस्तो हुँदैन भन्ने बुझ्न जरुरी थियो । अहिले गाह्रो भएपनि विस्तारै त्यसबाट छुटकारा मिल्छ भनेर सम्भिmन जरुरी थियो । धेरै पतिपत्नी बीचमा यस्तो समस्या देखिन्छ । तर, त्यसलाई समझदारीपूर्वक समाधान गर्नुपर्छ ।

पति पत्नीको मजबुत सम्बन्ध

प्रेम र विश्वासमा पतिपत्नीको सम्बन्ध टिकेको हुन्छ । कुनै पनि घर बनाउँदा त्यसको जग बलियो होस् भनेर धेरै ध्यान दिइन्छ किनभने यदि जग बलियो भएन भने भवन ढल्ने खतरा हुन सक्छ ।

ठिक यसैगरि पतिपत्नी बीचको सम्बन्धको घरमा पनि दुई आधार स्तम्भ को रुपमा प्रेम र विश्वास हुनुपर्छ ।

यी दुई स्तम्भ कमजोर भएमा सम्बन्ध धेरै समय चल्न सक्दैन । जुन दम्पतीको बीचमा यी दुई कुरा मजबुत हुन्छ उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ ।

वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन पत्नीले के गर्ने ?

बिरामी परेमा

जब तपाईलाई आफ्नो जीवनसाथी कुनै रोगले ग्रस्त छ भन्ने थाहा भएमा तपाईले प्रेम र संयमले काम लिनुपर्छ । यदि पति कुनै रोगले ग्रस्त छ भने पत्नीले यो समय पतिलाई सबैभन्दा धेरै उनको सहयोगको आवश्यकता छ भन्ने बुझ्नपर्छ ।

धेरैजसो पुरुषहरु कामको सिलसिलामा बाहिर गइराख्छन् त्यसैले यदि उनीहरुलाई घरमै बस्न पर्यो भने उनीहरुलाई समय बिताउन धेरै गाह्रो हुन्छ यो कुरा पत्नीले ख्याल गर्नुपर्छ ।

साथै बिरामी भएको कारण उनीहरुलाई चिडचिडाहट हुन्छ र ससाना कुरामा पनि रिसाउने गर्छन् । यस्तोमा पत्नीहरुको धेरै महत्वपूर्ण योगदान हुन्छ । पत्नीहरुले प्रेम र धैर्यपूर्वक उनीहरुलाई सम्झाएर उनीहरुको ख्याल राखेमा दुवैलाई सजिलो हुन्छ ।

हामीले हाम्रो वरिपरि यस्ता धेरै जोडी देख्न सक्छौं जसले आफ्नो जिन्दगीको मुस्किल समयमा एक अर्काको साथ दिएका हुन्छन् । यहाँसम्म कि उनीहरुले खुसीखुसी जिएर गम्भिर बिरामीलाई पनि जितेका हुन्छन् ।

एकअर्का बीचमा तालमेल जरुरी छ

हामीले धेरै देख्छौं यदि पतिको नाइट सिफ्टमा काम छ भने उनी पुरै रात अफिसमा रहन्छन् र दिनभर घरमा आराम गर्छन् । यस्तोमा जागिर खानै पर्ने भए पनि पत्नीहरुले आफ्नो जीवनसाथीसँग रहन घरमै बस्छन् ।

किनभने उनीहरुलाई पैसा र करियर भन्दा पनि आफ्नो पतिको माया धेरै ठूलो लाग्छ । यस्तोमा पत्नीले पतिको नुहाउने, खाने र सुत्ने आदिको ध्यान राख्दै आफ्नो कार्यहरुको एक रुटिन बनाएर एक अर्का बीचमा तालमेल मिलाउँछन् ।

यदि पतिको जागिर गएमा

अफिसमा कुनै समस्या भएर वा कुनै कारणवस पतिको राम्रो जागिर छुटेमा भने नयाँ जागिर नपाउँदासम्म पतिहरुलाई आफ्नो पत्नीको सबैभन्दा धेरै आवश्यकता हुन्छ । यस्तोमा पत्नीले नै पतिलाई धेरै साथ दिएर सम्बन्धलाई अझै मजबुत बनाउनुपर्छ ।

हाम्रो समाजमा यस्तो धेरै देख्न सकिन्छ जब पतिले कमाएर ल्याउँछन् त्यतिखेर पत्नीलाई आफ्नो पति राम्रो लाग्छ तर जब त्यहि पति घरमा बस्छन् त्यो उनीहरुले त्यो मन पराउँदैनन ।

जागिर छुटेर पति मानसिक रुपले टुटेका हुन्छन् यस्तोमा एक समझदार पत्नीले उनको ख्याल गर्दै मनोबल बढाउने काम गर्नुपर्छ । उनले घरमै रहेर आवश्यकतालाई पुरा गरेमा पतिलाई तनावको महसुस धेरै कम हुन्छ ।

असल पत्नीले यस्तो बेलामा पतिले एक्लो महसुस नगरुन भनेर उनीसँगै समय बिताउनुपर्छ । साथै नयाँ जागिर खोज्नको लागि पत्नीले उनको पुरै साथ दिनुपर्छ । आफ्नो पतिको खानपान र रहनसहनको पुरै ख्याल राखेमा दाम्पत्य जीवन खुसीयालीपूर्ण रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment