Comments Add Comment

नयाँ बानेश्वरमा तनाव, तरुण दल र प्रहरीबीच झडप [फोटो फिचर]

५ साउन, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका छन् ।

डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तर, सडकको अर्को लेनमा भएकाले अवरोध भएन ।

तरुण दलका कार्यकर्तालाई प्रहरीले बानेश्वर चोकतर्फ जान रोखेपछि तनाव सुरु भएको थियो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो । प्रहरीले अश्रुग्यास हानेको थियो भने
प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयावानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो ।

तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment