Comments Add Comment

फेसबुक, टि्वटर, गुगल र माइक्रोसफ्टले हात मिलाए

के फेसबुक, गुगल, माइक्रोसफ्ट तथा टि्वटर जस्ता प्लेटर्फमका डाटाहरु सजिलैसँग एकअर्कोमा ट्रान्सफर गर्न सकियो भन्ने कस्तो होला ?

जस्तै फेसबुकका डाटाहरु टि्वटरमा ट्रान्सफर गर्न केवल एक क्लिक पर्याप्त होस् ।

वास्तवमा अब यो सम्भव हुँदैछ । डाटा ट्रान्सफरलाई सजिलो बनाउनका लागि गुगल, फेसबुक, माइक्रोसफ्ट र टि्वटरबीच हातेमालो हुँदैछ ।

एप्सबीचमा डाटा तथा कन्टेन्ट ट्रान्सफरलाई सहज बनाउनका लागि उल्लेखित चार कम्पनीबीच डाटा ट्रान्सफर प्रोजेक्ट सुरु हुन लागेको छ ।

यो परियोजनाको सबैभन्दा राम्रो पक्ष भनेको यो केवल प्रविधिको दुनियाका दिग्गजहरुसँग मात्र सीमित हुनेछैन ।

परियोजनाको आधिकारिक वेबसाइटका अनुसार डाटा ट्रान्सफर प्रोजेक्ट ओपन सोर्स कोडका साथ एक सामान्य ढाँचा बनाउनका लागि प्रतिबद्ध संगठनहरुको एक प्रयास हो । जसले कुनैप्नि दुई अनलाइन सर्भिस प्रोभाइडरलाई जोड्न सक्दछ । जसबाट दुई प्लेटर्फमहरुको बीचमा डाटालाई विना रोकतोक सिधै प्रयोगकर्ताको सहमतीबाट सार्न सकिनेछ ।

सजिलोसँग भन्नुपर्दा कुनैप्नि अनलाइन सर्भिस प्रोभाइडरसँग ओपन कोड भयो भने उसले सजिलैगरी दोश्रो पक्षसँग डाटा शेयर गर्न सक्दछ । यसका लागि माइक्रोसफ्ट, गुगल, टि्वटर र फेसबुकले डिटिपीलाई भरोसा दिलाएका छन् । यो योजनाका लागि परियोजनाले एक स्वेतपत्र पनि जारी गरेको छ । यद्यपि परियोजनाकेा काम कहिलेदेखि सुरु हुनेछ भन्ने मिति भने तोकिएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment