+
+

बुढ्यौलीमा जीवनसाथी: यौन होइन, न्यानो आडभरोसाका लागि

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते ९:३३

जब हामी बुढो हुन्छौं, हाम्रा इच्छा, आकंक्षा, चाहना, रुची, रहर, आशा सबै खुम्चदै जान्छ । अब यस्तो बन्छु, उस्तो गर्छु भन्ने हिम्मत पनि शिथिल हुँदै जान्छ ।

त्यो अवस्थामा हामी कामबाट अवकास लिइसकेका हुनेछौं । दिन कटाउने माध्याम हुँदैनन् । भलाकुसारी गर्नका लागि साथीभाई पनि हुँदैनन् । एक किसिमले पट्यारलाग्दो हुन्छ, हाम्रो बुढ्यौली ।

तर, भोलिको यो दिन कस्तो हुन्छ भनेर हामी कहिले पनि घोत्लिदैनौं । वर्तमानमै रमाएर हामी वेपर्वाह बाँचिदिन्छौं । जबकी भोलिको दिन त निश्चित छ नै । बुढ्यौलीबाट त गुजि्रनुपर्छ नै ।

वैंशालु उमेरमा मात्र होइन पार्टनर

जतिबेला हामी बुढ्यौलीमा प्रवेश गर्छौं, जतिबेला हामी एक्लिन्छौं, जतिबेला हामी कमजोर र शिथिल हुँदै जान्छौं, त्यसबेला हाम्रो साहारा हुनेछ, पति वा पत्नी । जीवनको अन्तिम घडीसम्म तन-मनले साथ दिने भनेको जीवनसाथी नै हो ।

जीवनसाथीको आवश्यक्ता वैंशालु उमेरमा जति हुन्छ, त्यो भन्दा बढी बुढ्यौलीमा । यतिबेला अन्य मानविय अभावसँगै कतिपय शारीरिक अभाव टार्न पनि जीवनसाथीको खाँचो हुन्छ ।

तर, दुखलाग्दो त के भने, जतिबेला हाम्रो शरीर जीर्ण र बुढो हुँदै हुन्छ, त्यसबेला जीवनसंगी पनि गुमाइसकेको अवस्था हुनसक्छ । पति वा पत्नीमध्ये एकजनालाई गुमाइसकेका हुन्छौं । त्यस्तो अवस्थामा जीवन कति उदास हुँदो हो ?

बुढ्यौलीमा जीवनसाथीको खोजी

बुढो उमेरमा कतिले दोस्रो विवाह गर्छन् । हामी सोच्छौं, बुढा वा बुढीको मति बिगि्रयो । तर, उनीहरुको भावनात्मक अवस्थालाई हामी पटक्कै बुझ्ने प्रयास गर्दैनौं । बरु, उनीहरुलाई दोष दिन्छौं । मतिभ्रष्ट भएको ठान्छौं ।

जबकी हरेक मान्छे एक्लोपनको साहारा खोज्छन् । आड-भरोसा खोज्छन् । सामिप्यता खोज्छन् । यस्तो अवस्थामा आफ्नो जीवनसाथी खोज्नु भुल हो ? अपराध हो ?

वाल्यकाल एवं किशोरवयमा यस्ता एक्लोपनको अनुभूत हुँदैन । जवानीमा उमेरको जोश र उत्साहको उन्मादमा डुबिएको हुन्छ । यस्तो भागदौडमा कहिले जवानी वित्छ, स्वय्म उसलाई पनि पत्तो हुँदैन । जब उसले वृद्धावस्थामा कदम राख्छन्, तब यो सत्यको बोध हुन्छ । र, जब उसलाई यावत् कुराको महसुष हुन्छ, त्यसबेला समयका सारा पंक्षी हातबाट उडिसकेको हुनेछ ।

एक्लोपनको पीडा

यसबेलाको एकाकीपन के हो ? कस्तो हुन्छ ? यसको विश्लेषण गरिएको छ । यसबाट हुने हानीको विषयमा गरिएका अध्ययन-अनुसन्धानका थुप्रै तथ्य बाहिर आएको छ । समाजका अलग-अलग बर्ग र समुदायका व्यक्तिहरुसँग कुराकानी गरिएको छ ।

एक मनोचिकित्सकको अनुभव यस्तो छ, ‘मकहाँ अनेक किसिमको रोगी आउँछन् । त्यसमध्ये जो ५० बर्षभन्दा बढी उमेरका हुन्छन्, चाहे महिला होस् वा पुरुष । उनीहरुको रोगको मूख्य कारण देखिएको छ, एक्लोपन । यही एक्लोपनले उनीहरुलाई बढी सताएको छ ।’

क्रमस आफ्ना साथीसंगी, आफन्त, इष्टमित्रले उनलाई छाडेर आ-आफ्नो कामधन्दामा व्यस्त हुन थाल्छन्, तब उनीहरु एक्लो हुन्छन् । यो एक्लोपनले उनलाई भावनात्मक एवं शारीरिक रुपमा बेचैन बनाउँछ । मनमा अनेक कुरा खेल्न थाल्छ । विगतका स्मृतिहरु आउँछ । यसले मनलाई थप उथलपुथल बनाइदिन्छ । यो बेलामा न औषधी खाएर हुन्छ, न घुमफिर गरेरै हुन्छ ।

बुढ्यौलीमा न्यानो सामिप्यता

मनोचिकित्सकहरु भन्छन्, बुढ्यौलीमा जुन किसिमको मानसिक पीडा हुन्छ, त्यसबाट उन्मुक्त हुने बाटो सीमित छ । त्यसबेला उनीहरुलाई जीवनसाथीको खाँचो हुन्छ । तर, यो साथ यौनका लागि होइन ।’

एक मनोचिकित्सक भन्छन्, ‘उमेरसँगै शारीरिक परिवर्तन आउँछ र यही परिवर्तनले नयाँ-नयाँ आवश्यक्ता पैदा गराइदिन्छ । एक खास उमेरमा यौनको इच्छा तिब्र हुन्छ । तर, पचास बर्षपछि शरीरले यौनको माग कम गर्छ । यस्तो समयमा मानविय भावनाको माग बढी हुन्छ ।’

उनका अनुसार उमेरको कारण यौनको अभिलाषा त आवश्यै कम हुन्छ । तर, साथको अभिलाषा पुरा भएको हुँदैन । र, साथ नमिलेपछि भावनात्मक पीडा हुनथाल्छ ।

विवाह नगर्नुको बेफाइदा

एक व्यक्ति जसले आफ्नो उमेरमा विवाहको आवश्यक्ता महसुष गरेनन् । आफ्ना भाई-वहिनीका लागि आफुनो सम्पूर्ण जीवन विताए । पारिवारिक जिम्मेवारी र साना भाइवहिनीलाई पढाउने, लेखाउने जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनी कामबाट अवकास लिने अवस्थामा आइपुगका छन् । उनी अब चाडै अवकास लिदैछन् । र, यही विन्दुमा आएपछि उनलाई जीवनसाथीको खाँचो महसुष भएको छ ।

उनीसँग फ्ल्याट छ । ऐश-आरमको सबै साधन छ । बैंक ब्यालेन्स छ । तर, जीवनका सुखदुख सुनिदिने साथी छैन ।

उनी भन्छन्, ‘जीवनको एक अटुट हिस्सा हो यौन । तर मानविय भावना बढी महत्वपूर्ण हुन्छ ।’ उनकै कार्यलयमा काम गर्ने एक अविवाहित महिला भन्छिन्, ‘म व्यक्तिगत रुपले शारीरिक सम्बन्धलाई त्यती महत्व दिदिन । तर यौनको इच्छालाई दबाएर राख्नुपर्छ भन्ने मान्यता पनि छैन । यौनको कुरा गर्ने हो भने, जब मेरो मासिक स्राव बन्द भएको थिएन अर्थात ४८ बर्षकी भएकी थिइन्, त्यसअघिसम्म यौनलाई म महत्वपूर्ण ठान्ने गर्थें । यो पनि सत्य हो कि, एक्लोपनको कारण यौनको इच्छा अरु तिब्र हुन्छ । सायद असुरक्षाको भावनाले वा बुढो हुँदै गएको सोचाइले, थाहा छेन । तर, यो मेरो व्यक्तिगत विचार हो ।’

अविवाहित हुनु अप्राकृतिक ?

चर्चित स्त्री रोग विशेषज्ञ ई डब्ल्यु फेब्रक्सका चर्चित पुस्तक ‘स्पीन्स्टर एन्ड देअर डिजायर्स’मा लेखिएको छ, जो पुरुष वा महिला अधिक उमेरसम्म पनि विवाहित रहन्छन्, उनीहरु प्राकृतिक नियमको अवहेलना एवं उल्लंघन गर्छन् । प्राकृतिक नियमलाई तोडेर जो अविवाहित रहने फैसला गर्छन्, उनीहरुले आफैलाईं अन्यया गरिरहेका हुन्छन् ।

यौन मानिसको जीवनको आवश्यक्ता मात्र होइन, अनिवार्य पनि हो । यौनले मानिसको कुष्ठालाई हटाएर सामान्य बन्नमा सहयोग गर्छ । र, साथी पति वा पत्नीलाई समाजमा स्थान एवं प्रतिष्ठा दिलाउँछ ।

पति वा पत्नी हुनु भनेको केवल शारीरिक भोग मेट्नलाई मात्र होइन । सन्तान पैदा गर्नलाई मात्र होइन । घर-परिवार चलाउनलाई मात्र होइन । जीवनको आखिरी क्षणमा भरपर्दो र आत्मिय साथ खोज्नका लागि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?