Comments Add Comment

नेकपाका प्रवक्ता श्रेष्ठद्वारा ‘हाम्रो नेपाली सैलुन’ को उद्घाटन

५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अत्याधुनिक शैलीमा राजधानीको गल्फुटारमा खोलिएको ‘हाम्रो नेपाली सैलुन’ को शनिबार उद्घाटन गरेका छन् ।

श्रेष्ठले आफ्नो कपाल काटेर सैलुनको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकाको कलंकी, न्यूरोड, बाासबारी लगायत विभिन्न ५ स्थानमा रहेको सैलुनको पछिल्लो शाखाको उनले उद्घाटन गरे ।

ती शैलुन अधिकांश गोरखा स्थायी घर भएका २५ जना युवाको जमातले सञ्चालनमा ल्याएको हो । सञ्चालक दिपक अर्यालका अनुसार ७५ लाख रुपैयााको लगानीमा एकैपटक पााच स्थानमा शाखा राखिएको हो ।

उद्घाटनपछि बोल्दै प्रवक्ता श्रेष्ठले नेपाली युवाको बढ्दो विदेश पलायनलाई रोक्न र नेपालमा रोजगारीको अवसर सिर्जना गर्न यस्ता व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने भनाइ राखे ।

सैलुनमा मानव स्वस्थ्यलाई पनि ध्यानमा राखेर विभिन्न उपकरणहरुलाई डाक्टरको सल्लाह अनुसार प्रयोग गरिएको बताइएको छ ।

‘अहिलेसम्म कुनै पनि सैलुनले सरकारलाई कर बुझाउने गरेका छैनन्’, अर्का सञ्चालक टेकनाथ भट्टराईले भने, ‘हामीले कम्पनीमा दर्ता गरेर सरकारलाई कर समेत बुझाउने गरी काम थालेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment