Comments Add Comment

वसन्तपुर डबलीमा आजबाट सामूहिक सत्याग्रह

फाइल तस्वीर

६ साउन, काठमाडौं । नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको माग सम्बाेधन नभएपछि  प्रबुद्ध समूह सक्रिय देखिन थालेकाे छ । याे समूहले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेकाे थियाे ।  केसीका जायज मागमा सरकारले उदासीनता देखाएको भन्दै उनीहरूले त्यसकाे सम्बाेधन नभए अागाे बल्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment