Comments Add Comment

कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’

सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत


६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका थिए ।

स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो ।


कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै धूलो–धुवाको सामना गरिरहेका छन् ।

स्थानीय ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै हैरान भएको बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग  अाग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment