Comments Add Comment

‘अशोक दर्जी’ प्रयोग गरी मह चाट्ने टंकका दाइको यस्तो प्लान ?

केही समययता अशोक दर्जीलाई लिएर उनका कथित संरक्षक आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् । एकाध युट्वर्सलाई  आफ्नै कार्यकक्षमा निमन्त्रणा गरेर रक्षात्मक जवाफ पेश गरेका उनी अशोक दर्जीप्रति वास्तवमै समर्पित भावले लागेका छन् त ? संशय पैदा भएको छ ।

हालै बाहिरिएको टेलिफोन वार्ताको रेकर्डमा उनी कुन नियतले अशोक दर्जीलाई काखी च्यापिरहेका छन् भन्ने कुरा छताछुल्ल भएको छ । दाजु टिका बुढाथोकी (जो टंक बुढाथोकीको दाजु तथा म्यानेजर बताउँछन्) र दिपक न्यौपाने (अशोक अध्ययनरत विद्यालयका प्रिन्सिपल)बीचको बर्ता हो यो । बार्ता भनिएपनि यसमा एकतर्फी रुपमा टिका बुढाथोकीले दीपक न्यौपानेको ‘ब्रेन वास’ गर्ने चेष्टा गरेका छन् ।

उनी बडो चर्तुर्‍याइपूर्वक प्रिन्सिपल दीपक न्यौपानेलाई कन्भेन्स गर्दै कसरी ‘मह काड्नेले हात चाट्नुपर्छ’ भन्ने पाठ सिकाउँछन् । भनाई प्रष्ट छ, उनले मह भनेर अशोक दर्जीलाई संकेत गरेका छन् ।

फोन वार्तामा टिकाले कहिले लोभ देखाएका छन् त कहिले नरम भाषामा धम्काएका छन् । उनले प्रयोग गर्ने भाषा शैली र त्यसमा ल्याउने उतार-चढाव सुन्दा उनी निकै माहिर खेलाडी झै लाग्छन् । टिकाले भनेका छन्, ‘हामी प्लान गर्दै, स्क्रिप्ट गरेर खेम खेल्दै अगाडि जानुपर्छ ।’

यो भनाई र उनैले अघिल्लो पटक युट्युवर्सअघि सुनाएको पुराण केलाउँदा उनको असली नियत नांगिन्छ । हिजो नियोजित रुपमा उनले युट्युवर्सलाई जे जति कुरा ओकले, आज अँध्यारो रातमा गुपचुप ढंगले भनेका कुरा आफैमा अमिल्दो छ । यसले उनको द्वैध चरित्र उदांगो बनाएको छ ।

देखावटी चाल

उनले नियोजित रुपमा युट्युबर्सलाई बोलाएर सुनाएको पुराणमा अशोक दर्जीसँग जोडिएर आउने आरोपहरुलाई ‘अशोकलाई सिध्याउने खेल’मा ट्वीस्ट गरेका छन् । आफ्नो स्वार्थसिद्धका लागि कथित संरक्षकले अशोकलाई ‘मागी खाने भाँडो’ बनाएको आरोपहरु आउन थालेपछि उनी त्यसको रक्षात्मक जवाफमा उत्रिएका थिए ।

त्यसबेला आफुले कसरी योजनावद्ध ढंगले रेडबुल खाएर ‘जवाफी हमला’ गरे भन्ने कुरा पछिल्लो वार्तामा आफैले चुहाएका छन् । ‘अशोक दर्जीलाई सिध्याउने खेल खेलिरहेकाहरुको कानको जाली मात्र नफुटोस्, ह्वाल-ह्वाली रगत नै आओस्, म त्यती जोडले बोल्नेछु’ भन्दै उनले आफुलाई पानी माथिको ओभनो बनाएका छन् । र, अशोकका लागि कमधन्दा छाडेर लागिपरेको दावी गरेका छन् ।

यहाँसम्म ठिकै छ । उनले सडकमा भौतारिएका अशोकलाई काठमाडौंसम्म ल्याएर ‘उद्वार’ गरे । यसमा कसैले चोर औंला ठड्याउन मिल्दैन । किनभने उनले जे गरे, त्यो तारिफयोग्य काम गरे ।

तर, उनले पि्रन्सिपल दीपक न्यौपानेलाई गरेको फोन वार्ता सुनिरहँदा उनको तारिफ गर्न सकिने अवस्था छैन । किनभने, उनले अशोक दर्जीलाई सहयोग होइन, प्रयोग गरेको उनी स्वयम्ले खुलाएका छन् । उनले भनेका छन्, ‘भिरमा चढेर मह काड्नेले हात चाट्नु पाउनु पर्दैन ?’ त्यतीमै उनी रोकिएका छैनन् । आफ्नो केही टिमका साथीहरु मिलेर अब योजनावद्ध ढंगले स्त्रिmप्ट लेखेरै अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।

अशोक दर्जीलाई माध्याम बनाएर आफुहरु त्यसबाट कसरी लाभान्वित हुने भन्ने कुरा उनको अर्को डायलगबाट प्रष्ट हुन्छ । उनी भन्छन्, ‘अशोकको यूरोप टुर नमिलेमा के को अशोक दर्जी भन्दै च्यापेर बस्ने ? हामीलाई के बेनिफिट हुन्छ ?’

युट्युबमा सार्वजनिक भएको टेलिफोन सम्वाद सुन्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment