Comments Add Comment

वसन्तपुरमा शंख बजाएर सुरू भयो सामुहिक सत्याग्रह (तस्वीरसहित)

६ साउन, काठमाडौं । राजधानीको वसन्तपुरमा सामुहिक नागरिक सत्याग्रह शुरु भएको छ । विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन शंख बजाएर सत्याग्रह सुरु गरिएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । समाचार तयार पार्दासम्म ६० जना सत्याग्रहमा सहभागी भएका छन् । ५ बजेसम्म दुर्इ सय जना सहभागी हुने जनाइएको छ ।

सत्याग्रहमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । उनीहरूले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो ।

तस्वीरहरु : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment