Comments Add Comment

मलेसियाको जेलमा रहेका तीन नेपालीको उद्दार

प्रतीकात्मक तस्वीर

मलेसिया । मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ ।

नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो ।

अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार गरिएको हो ।

उनीहरुका परिवारसँग सम्पर्क गर्दा हवाइ टिकट पठाउन नसक्ने भएपछि समाजले एकतर्फी हवाइ टिकट उपलब्ध गराएको थियो ।

आउँदा दिनहरुमा पनि जेलमा रहेकाहरुलाई हवाइ टिकटका साथै अन्य सामाजिक कामहरुमा समेत सहयोग गर्ने समाजका अध्यक्ष वीरेन्द्र नेगीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment