Comments Add Comment

नबिल बैंक र एशियन नेट जापानबीच विप्रेषण व्यवसाय सम्झौता


६ साउन, काठमाडौं । नबिल बैंकले एशियन नेट कम्पनी लिमिटेड जापानसँग विप्रेषणको कारोबारको लागि सहकार्य गर्ने भएको छ । यो सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्नेछन् ।

यो ब्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ । जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंक लिमिटेडका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एशियन नेट कम्पनी लिमिटेड, जापानका अध्यक्ष हिगासिदा शुजेनले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने,’जापानको मार्गबाट हाम्रो विप्रेषणको सञ्जाललाई विस्तार गरी र जापानमा रहेका नेपालीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाँउदा हामी उत्साहित भएका छौं । यस ब्यवस्थाको माध्यमबाट सञ्चालन गरिने विप्रेषण कारोवार मार्फत नबिल बैंकमा खाता रहेका ग्राहकहरुको लागि तत्कालै र अन्य बैंकहरुको हकमा एक कार्य दिनमै भुक्तानीको सेवा प्रदान गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment