Comments Add Comment

‘रामकहानी’मा आकाश ‘राम’ बन्दा ‘सिता’ बनिन् पूजा


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को एउटा गीत मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै चर्चा बटुलेको यो चलचित्रको ‘पोष्टर फोटोसुट’ गरिएको छ ।

‘पोष्टर फोटोसुट’मा यो चलचित्रका कलाकारको नयाँ अवतार देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकारद्धय नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई पोष्टरमा ‘राम र सिता’को अवतारमा देख्न सकिन्छ ।

के चलचित्रमा पनि यस्तै खालको बिषय उठान गरिएको छ त, निर्मात्री समेत रहेकी नायिका पूजा शर्माले भनिन्-‘चलचित्रमा राम र मायाको प्रेमलाई असफल बनाउन धेरै रावणहरु लागेको देखाइएको छ । यसैले पनि, हामीले सो अवधारणा अनुसार फोटोसुट गरेका हौ ।’ नायक आकाशले आफू पहिलो पटक यस्तो अवतारमा देखिएको बताए ।

यता, चलचित्रमा अभिनय गरेका सबै हाँस्य कलाकारलाई भने ‘रावण’को अवतारमा देखाइएको छ । कलाकारहरु जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, रविन्द्र झालाई भने रावणको भूमिकामा देखाइएको हो ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । कमेडी र प्रेमको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment