Comments Add Comment

मोटरसाइकल दुर्घटना हुँदा दुईजना भीरमा अड्किए, अवस्था अज्ञात

मोटरसाइकल दुर्घटनास्थल ।

६ साउन, वुटवल । रुपन्देहीको तिनाउँ गाउँपालिका-३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जना भीरमा अड्किएका छन् ।

लु२१प ९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका-७ का माधन कुमाल र उनका छोरी उमेश कुमाल भीरमा अड्किएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन ।

भीरमा जान सक्ने अवस्था नभएकोले उनीहरुलाई डोरी लगाएर उद्दार गर्ने तयारी गरिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भने सडकमै छ । दुर्घटनाका क्रममा माधव र उमेश हतासिएर भीरमा पुगेको हुनसक्ने प्रहरीले बताएको छ ।

कुमालका बाबुछोरा तानसेनबाट बुटवलमा आफन्त भेट्न आउँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment