Comments Add Comment

३ अर्ब ५२ करोडको आईपीओ ल्याउन अनुमति कुर्दै १३ कम्पनी

६ साउन, काठमाडौं । साढे ३ अर्बभन्दा बढी रकमको आईपीओ आउने भएको छ । विभिन्न १३ कम्पनीहरुले ३ अर्ब ५२ करोड ४६ लाख ५९ हजार ६ रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् ।

ती १३ कम्पनीले ३ करोड ५२ लाख ४६ हजार ५ सय ९६ कित्ता साधारण सेयर जारी गर्न पाउँ भनी धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएका थिए ।

आईपीओ जारी गर्नका लागि अनुमति माग गर्नेमा धेरै जलविद्युत् कम्पनीहरु रहेको धितोपत्र बोर्डले जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १० वटा हाइड्रोपावर कम्पनीहरुले आईपीओ जारी गर्न अनुमति माग गरेका छन् ।

यसैगरी एउटा माइक्रो फाइनान्स, एउटा इन्भेष्टमेन्ट कम्पनी र एउटा मर्चेन्ट बैंकले समेत आईपीओ जारी गर्न बोर्ड समक्ष अनुमति माग गरेका छन् ।

कुन कपनीको कति आईपीओ पाइपलाइनमा ?

आईपीओ जारी गर्न अनुमति दिने विषयमा प्रारम्भिक चरणमा ५ वटा कम्पनीको बोडृले अध्ययन गरिरहेको छ । कम्पनीले सीर्डबीडी हाइड्रोफण्ड लिमिटेडको २२ लाख ८९ हजार ३ सय कित्ता आईपीओ जारी गर्न बोर्ड समक्ष माग गरेको थियो ।

यसले एक वर्ष अघि अर्थात २०७४ असार २७ गते २२ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । तर यस कम्पनीलाई बोर्डले हालसम्म पनि अनुमति प्रदान गरेको छैन ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनी र यूनिभर्सल पावर कम्पनीले पनि गत असार १७ र १८ गते आईपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् ।

यूनिभर्सल पावरको ९६ करोड ६१ लाख ६ हजार १ सय रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता र मध्य भोटेकोशीको १४ अर्ब ४० करोड रुपैयाँ बराबारको १४ करोड ४० लाख कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।

पाँचथर पावर कम्पनी लिमिटेड पनि १९ करोड २५ रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न अनुमतिका लागि पाइपलाइनमा रहेको छ ।

एउटा लघुवित्त कम्पनी समेत आईपीओको पाइपलाइनमा रहेको छ । चौतारी लघुवित्त वित्तीय संस्था ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता आईपीओ जारी गर्ने पाइपलाइनमा रहेको छ ।

यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनी र शिवश्री हाइड्रपावर पनि आईपीओ जारी गर्न आईपीओ जारी गर्न अनुमतिको पर्खाइमा रहेका छन् । मैलुङले ७ करोड ३६ लाख रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता र शिवश्रीले १४ करोड ७६ लाख ४ हजार रुपैयाँको १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरेर बसको छ ।

सीबी आइएल क्यापिटल नामक मर्चेन्ट बैंक बोर्डको अनुमतिको पर्खाइमा रहेको छ । अनुमति पाए यसले ३ करोड रुपैयाँको ३ लाख कित्ता आईपीओ जारी गर्ने छ ।

हिमालय उर्जा विकास कम्पनी र कालिका पावर कम्पनीले पनि आईपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डको अनुमति पाए कालिकाले १२ करोड रुपैयाँको १२ लाख कित्ता र हिमालयले ९ करोड ९० लाख रुपैयाँको ९ लाख ९० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

यसैगरी गरजङ उपत्यका हाइड्रो पावर कम्पनी, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हाइड्रो कम्पनी लिमिटेड पनि आईपीओ जारी गर्ने पाइपलाइमा रहेका छन् ।

यीमध्ये सबै भन्दा पहिलो अनुमति माग गर्ने गरजङ उपत्यका हो । यस कम्पनीले २० हजार रुपैयाँ बराबरको २ हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गर्दै २०७३ असोज १४ गते बोर्ड पुगेको थियो । तर हालसम्म पनि यसले अनुमति पाउन सकेको छैन ।

लाफिङ बुद्ध र यूनिक हाइड्रको पनि क्रमशः ९ करोड ७८ लाख रुपैयाँको ९ लाख ७८ हजार कित्ता र ५ करोड ५० लाख रुपैयाँको ५ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमतिको पर्खाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment