Comments Add Comment

कमलले ल्याए ‘डबल माया लाइदिउँला’


पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डबल माया लाइदिउँला’ बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा उनै क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन् ।

पश्चिम नेपालको मौलिक भाकालाई संगीतकार पाण्डेले पश्चिमी शैलीमा फ्युजन गरेका हुन् ।

यसअघि क्षेत्रीले नाचन, आइ लभ यु भन्न सकिनँ, तिम्रै मायाँले र रक्सी भनेकै कोदोकोलाजस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment