Comments Add Comment

अमेरिका र उत्तरकोरियाबीच अझै विश्वासको संकट !

कोरियन प्रायद्विपमा रहेका उच्च अमेरिकी सैन्य कमाण्डरले अमेरिका र उत्तरकोरियाले निशस्त्रीकरणको सहमति गरे पनि दुई देशबीचको कुटनीतिमा विश्वासको संकट रहेको बताएका छन् ।

शुक्रबार अस्पेन सेक्युरिटी फोरमको टेलिकन्फ्रेन्समा बोल्दै कोरियास्थित अमेरिकी फोर्सका कमाण्डर जनरल भिसेन्ट ब्रुक्सले भने ‘प्रायद्विपमा अहिले कुनै उत्तेजना नफैलिएको २३५ दिन भएको छ ।’

गत नोभेम्बरमा उत्तर कोरियाले अन्तिमपटक अन्दरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै त्यसले अमेरिकी भूभागसम्म मार हान्न सक्ने दावी गरेको थियो ।

त्यसपछि उत्तर कोरियाली नेता किम जोङ उनले सरकारले गर्नुपर्ने जति सबै परीक्षण गरेको र कम्तीमा एउटा परीक्षण केन्द्र नष्ट गरेको बताएका छन् ।

जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्तामा उनले अर्को परीक्षण केन्द्रसमेत नष्ट गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए तर, उक्त कार्य सम्पन्न भएको वा नभएको भन्नेबारे केही थाहा हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघ र संयुक्त दक्षिण कोरियाली-अमेरिकी संयुक्त सेनाको इन्चार्जसमेत रहेका ब्रुक्सले भने ‘दुई देशबीच विश्वासविहीन वातावरण रहेको अवस्थामा वार्तामा भएका प्रगतिलाई निरन्तरता दिनु हाम्रो चुनौती हो, आपसी विश्वास बिना यो कुरामा प्रगति हासिल गर्दै अगाडि बढन् धेरै गाह्रो छ ।’

‘त्यसैले त्यो दवाव बउढिरहेको बेलामा विश्वासको वातावरण बनाउन र कुटनीतिक पहलगर्नुपर्ने अहिलेको आवश्यकता हो । खासमा विश्वासको कमी नै अहिलेको मुख्य दुश्मन हो र हामीले त्यसलाई पराजित गर्नुपर्छ’ उनले भने ।

‘यो विश्व नै ग्यांगस्टर हो’

जुलाईको पहिलो सातामा भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको को कुटनीतिक भ्रमण त्यति धेरै सफल भएन ।

भ्रमणको क्रममा पोम्पियोले किम जोङ उनलाई भेट्ने भनिएको थियो तर, उनले किमलाई भेट्न सकेनन् । उनको विमान मुश्किलले प्योङयाङबाट उड्दै गर्दा उत्तर कोरियाली सरकारी मिडियाले दुई देशबीचको कुराकानीहरु जसरी भइरहेको छ त्यसमा उन सरकारको असन्तुष्टिको उद्घोष गरिरहेको थियो ।

‘अमेरिकाले उत्तरकोरियासँगको शिखरवार्ताको भावना अनुसार विश्वासको वातावरण बनाउन रचनात्मक विधिहरु प्रस्तुत गर्ने आशा हामीले गरेका थियौं,’ उत्तर कोरियाली न्यूज एजेन्सी केसिएनको विज्ञप्तिमा भनिएको छ, ‘तर ६ र ७ जुलाईमा भएको पहिलो उच्चस्तरीय वार्तामा अमेरिकीहरुको व्यवहार पछुताउने खालको थियो ।’

विज्ञप्तिमा उत्तर कोरियाले भनेको छ ‘अमेरिकाले ग्यांगस्टरको जस्तो व्यवहार देखायो ।’

त्यसको केही समयपछि नै पोम्पियोले प्रतिक्रिया दिँदै भने, ‘यदि यस्ता आग्रहहरु ग्यांगस्टरको जस्तो छ भने पुरै विश्व नै ग्यांगस्टर हो । ‘

पुरै प्रमाणित र सम्पूर्ण निशस्त्रीकरणको लागि दुवै पक्षले विस्तृत र मुख्य कुराकानी गरेको उनले उनले दावी गरे ।

‘ठोस काम नदेखिए हामी सन्तुष्ट हुदैनौं’

जनरल ब्रुक्सले अमेरिकाले गत वर्ष अख्तियार गरेको उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाउँदै सैन्य दवाव सिर्जना गर्ने नीतिले किम शासनलाई अन्तर्राष्ट्रिय समाजसँग जोडिन बाध्य बनाएको दाबी गरे ।

कोरियाली प्रायद्विपमा निशस्त्रीकरणको लागि किमले गरेको प्रतिबद्धता र त्यसको लागि उनले गरेको केही कामले उनी आफ्नो वचनमा पक्का रहेको ब्रुक्सले बताए ।

‘निशस्त्रीकरणको दिशामा सबैले देख्न सकिने कामहरु चाँडै सुरु हुनुपर्छ होइन भने हामी सन्तुष्ट हुँदैनौ र यस्तो भएन भने हामी शान्त भएर बस्न सक्दैनौंं,’ ब्रुक्सले भने ‘त्यसैले दुवै पक्ष प्रतिबद्धता अनुसार कामको दिशामा अगाडि बढेको हामीले देख्नुपर्‍यो ।’

दक्षिण कोरियास्थित आफ्नो निवासबाट बोलेका ब्रुक्सले केही समययता उत्तर कोरियाको व्यवहार र उत्तर कोरियाली सेनाको तालिममा केही परिवर्तन देखेको बताए ।

उनका अनुसार दश लाख भन्दा धेरै सङ्ख्यामा रहेको उत्तर कोरियाली सेनाले युद्धको तयारीमा लागेजस्तो गरेर गर्ने तालिममा कमी आएको छ ।

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रियामा प्रतिबद्धता गरेअनुसारको वास्तविक परिवर्तन भने नदेखिएको उनले बताए ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment