Comments Add Comment

भेरी-बबइको सुरुङभित्र कर्णालीका मुख्यमन्त्री

'विकास र समृद्धिको लागि सुरुङ'

६ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी-बबइ डाइभर्सन वहुउद्धेश्यीय परियोजनाको निरीक्षण गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको सुरुङ भित्रै पसेर मुख्यमन्त्री शाहीले अवलोकन तथा निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मुख्यमन्त्री शाहीले यो आयोजना ‘विकास र समृद्धिको लागि सुरुङ’ प्रदेशका लागि नमूना भएको भन्दै यसको अनुभव अन्य आयोजनाका लागि महत्वपूर्ण हुने बताए ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सुरुङ्गबाटै भुरीगाँउ सुर्खेत सडक निर्माण गर्ने योजना बनाएको र चालु आबमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने बताए ।

प्रदेश ५ को जमुनाहा-कोहलपुर-सुर्खेत हिल्सा सडक निर्माणको लागि पनि प्रदेश सरकार लागि परेको उनले बताए । ‘महत्वकांक्षी सोच, आधुनिक प्रविधि, कर्तव्यनिष्ठ मानवीय जनशक्तिको प्रयोग भएमा ‘विकास र समृद्धिको लागि सुरुङ’ प्रदेशको विकास र समृद्धि टाढा छैन । दृढ इच्छाशक्ति र महत्वकांक्षी सोचसहित प्रदेश सरकार अगाडि बढेको छ ।’

तीव्र गतिमा विकासका लागि योजना निर्माण र कार्यान्वयनको पुरानो प्रक्रिया र कानून पनि वाधक रहेको बताउँदै सार्वजनिक खरिद ऐनलाई पनि समयानुकुल परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

भेरी-बवइ डाईभर्सन बहुउद्धेश्यीय आयोजनाको लाभ वितरणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मुख्यमन्त्री शाहीले ‘विकास र समृद्धिको लागि सुरुङ’ प्रदेशको प्राकृतिक श्रोत, ‘विकास र समृद्धिको लागि सुरुङ’ प्रदेशमै आयोजना निर्माण हुने भएकोले लाभको पहिलो पनि हकदार ‘विकास र समृद्धिको लागि सुरुङ’ प्रदेशकै नागरिक हुने बताए ।

भेरी नदिको पानीलाई १२ किलोमिटर सुरुङ्ग मार्फत बवइमा डाइभर्सन गरी बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा पुर्‍याउने र ४६ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजना निरीक्षणका क्रममा आयोजना निर्देशक शिवकुमार वस्नेतले १२ किलोमिटर लामो सुरुङ्ग मध्ये हालसम्म पाँच हजार ८५० मिटर सुरुङ्ग निर्माण सम्पन्न भएको जानकारी दिए ।

चाइना ओभरसिज ग्रुप कम्पनी लिमिटेडद्धारा निर्माण भइरहेको आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ्ग मेशिन (टीबीएम)को प्रयोग गरिएको निर्देशक बस्नेतले बताए । उनले लक्ष्य अगावै निर्माण कार्य पूरा हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment