Comments Add Comment

२ किलो ६ सय ग्राम सुनसहित दुर्इ भारतीय नागरिक पक्राउ

६ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अाएको तस्करीको २ किलो ६ सय ८० ग्राम सुनसहित दुर्इ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७  बाहक अरीफ अली छन् ।

उनीहरू थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका खुलेको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले आफ्नो शरीरभित्र लुकाईछिपाई सुन ल्याएका थिए । तर, बिमानस्थलको एराईभल गेटमा पक्राउ परे ।

थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment