Comments Add Comment

काठमाडौंमा तरुण दलको बिरोध प्रदर्शन (फोटोफिचर)

६ साउन, काठमाडौं । नेपाल तरुण दलले संगठनका अध्यक्ष जितजंग बस्नेतसहितका नेता र कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको भन्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रर्दशन गरेको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रर्दशनका क्रममा काठमाडौंको नयाँ वानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जनबढी नेता, कार्यकर्ता प्रहरीको कुटाइबाट घाइते भएपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विरोध प्रर्दशन गरेको हो ।

सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।

प्रर्दशनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment