Comments Add Comment

स्वास्थ्यमन्त्री यादव र सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीबीच भेट

६ साउन, काठमाडौं । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आइतबार उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग सामूहिक भेट गरेका छन् ।

आइतबार रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा भएको सो भेटमा मन्त्रीहरुले प्रदेशस्तरमा रहेका स्वास्थ्य समस्याबारे अवगत गराएका थिए । प्रदेश र केन्ऽबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने विषयमा उक्त बैठक केद्रीय रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

उनले केन्ऽ र प्रदेशको कानुनमा समानता, नीति योजना तथा वजेट कार्यान्वयनमा सहजताको विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल गरेको बताए । शनिबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले बैठक बसेर स्वास्थ्य, शिक्षा लगायतका विषयमा सम्बन्धित मन्त्रीहरुसँग भेट गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment