Comments Add Comment

लिस्नु कपको उद्घाटन खेलमा आयोजक विजयी

६ साउन, बुटवल । रुपन्देहीको कोटिहवामा शुरु १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिस्नु युवा क्लब कोटिहवा विजयी भएको छ । लिस्नुले देशभक्त युवा क्लब मगरबुढा नवलपरासीलाई ३-२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

खेलको चौथो मिनेटमै देेशभक्तका कमल थापाले गोल गरेर टिमलाई अग्रता दिलाए पनि नतिजा आयोजकको पक्षमा गयो । नवौं मिनेटमा लिस्नुका रुपेश थापाले हेडमार्फत गोल फर्काएर खेललाई बराबरीमा पुर्‍याए । २७ औं मिनेटमा लिस्नुकै अनुज थापाले लामो प्रहारलाई जाली चुमाएर टिमलाई अग्रता दिलाए ।

३२ औं मिनेटमा लिस्नुकै अभिषेक लिम्बुले कर्नरबाट आएको बललाई गोल गरे । टिमलाई जित दिलाउन लिस्नुका क्याप्टेन आमोस पुन र गोलकिपर सागर रोकाले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको अन्तिम मिनेटमा देशभक्तका कमल थापाले टिमका लागि दोस्रो गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ द म्याच कमल थापा घोषित भए ।

साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङ्जा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक लिस्नु युसवा क्लबका अध्यक्ष तीर्थबहादुर मल्ल (तारा) ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment