Comments Add Comment

सिर्जना वाचन डबली यूएईको १३ औं शृङखला सम्पन्न

६ साउन, यूएई । यूएईको नेपाली साहित्यिक गतिविधिको मुलधार मानिने सिर्जना वाचन डबलीको तेर्हौ शृङ्खला विविध साहित्यिक क्रियाकलापका साथमा सम्पन्न भएको छ ।

हरेक दुई महिनामा यूएईका फरकफरक शहरमा आयोजना हुने यो वाचन डबली यसपटक सारजहाको रोलास्थित मम हाउसमा गत २० जुलाई, शुक्रबार भएको थियो ।

आफना साहित्यिक रचना सुनाउने र अरुका सुन्ने प्रक्रियाबाट शुरु भएको यो साहित्यिक डबलीमा यसपालि नेपालबाट आमन्त्रित अतिथि साहित्यकार द्वय गीतकाररमुक्तककार बिष्णुबाबु देवकोटा र संगीतकाररमुक्तककार बादल घिमिरेको उपस्थिति रहेको थियो ।

आमन्त्रित दुबै अतिथिलाई कार्यक्रममा विशेष सम्मानसमेत गरिएको छ ।

युट्युबमा भाइरल भएको बहुचर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’का गीतकार विराज नेपाललाई पनि सोही मौकामा विशेष सम्मान गरिएको थियो ।

यसपालिको डबलीमा जीएस पौडेलको उपन्यास ‘एक सर्को माया’, विवेक दुलाल क्षेत्रीको कविता संग्रह ‘हिम आइमाई’ र सरोज सङ्गमको मुक्तक संग्रह ‘गाथा’कोलोकार्पण समेत गरियो ।

चार दर्जन भन्दा बढी सर्जकहरुबाट सिर्जना वाचन गरेको उक्त डबलीमा दर्शक श्रोताको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment