Comments Add Comment

इन्सपेक्टरको पोशाक लगाएर फोटो खिच्ने युवक पक्राउ


६ साउन, काठमाडौं । प्रहरीको पोशाक लगाएर फोटो खिचिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

भक्तपुरको चांगुनारायण नगरपालिका-२ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-६ का १८ वर्षीय समिर महत प्रहरी निरीक्षक ९इन्सपेक्टर० को पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार पक्राउ परेका हुन् ।

चांगुनारायण नगरपालिका-२ दुवाकोट चारदोबाटोमा प्रहरी निरीक्षकको दर्ज्यानी चिन्हसहितको चुस्ता लगाई फोटो खिचिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट २ जोर पोशाकसमेत प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment