Comments Add Comment

माछा मार्न गएका युवकको तालमा डुबेर मृत्यु

६ साउन, पोखरा । पोखराको बेगनास तालमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २८ र ३१ मा पर्ने बेगनास तालमा माछा मार्न गएका पोखरा १५ टुटुङ्गाका ३१ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो ।

माछा मार्नका लागि तालमा पसेका उनी पौडी खेल्दै गर्दा अचानक तालमा डुबेको कास्की प्रहरीले जनाएको छ ।

तालमा डुबेको खबर पाएलगत्तै गएको प्रहरी टोलीले उनलाई उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा उपचारको लागि ल्याएको थियो । तर, चिकित्सकले दिउँसो ३ः१५ बजे मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment