Comments Add Comment

अवैध रुपमा बालुवा ओसार्ने मिनिट्रकलार्इ कारबाही

६ साउन, पोखरा । पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ ।

आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनिट्रकलाई महानगरपालिकाले १०/१० हजार जरिवाना गरेको हो । वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो ।

महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग१ख ७८०२, ग१ख ६४८४, ग१ख ७१५७ र ग१ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अवैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ ।

महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आहृवान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment