Comments Add Comment

नगरपालिकामा शाखा खोल्न स्वीकृति लिनु पर्दैन : राष्ट्र बैंक

६ साउन, काठमाडौं । नगरपालिकामा शाखा खोल्न बैंकहरुले पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी योजनालाई सफल बनाउन नेपाल राष्ट्र बैंकले नगरपालिका र गाउँपालिकामा शाखा खोल्न स्वीकृति लिनु नपर्ने गरी निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो ।

तर असार मसान्तसम्ममा २ सय भन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोल्न सकेनन् । कतिपय नगरपालिकाकै केन्द्रमा समेत वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् ।

मुलुकमा सञ्चालित ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन राष्ट्र बैंकले महानगरपालिका र उपमहानगरपालिकामा भने शाखा विस्तारमा कडाइ गर्ने भएको छ ।

महानगर र उपमहानगरमा शाखा खोल्न पूर्व स्वीकृतिका लागि पेश भएका निवेदन राष्ट्र बैंकले पेण्डिङमा राखेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘हामीले गाउँमा बैंक पुर्याउनका लागि शहरमा शाखा खोल्न स्वीकृतिका लागि आएका निवेदन थन्काएर राखेका छौं’ ति अधिकारीले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको गाउँमा बैंक पुर्याउने हो, गाउँमा पुगे पछि शहरमा खोल्न स्वीकृति दिन्छौं ।’

यस अघि महानगर, उपमहानगर र नगरपालिकाका केन्द्र बाहेक अन्य ठाउँमा शाखा खोल्न पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले यसलाई संशोधन गर्दै महानर र उपमहानगरका सबै ठाउँमा शाखा खोल्न पूर्व स्वीकृति लिनु पर्ने साथै नगर र गाउँपालिकाका जुनसुकै ठाउँमा पनि शाखा खोल्न पूर्व स्वीकृति लिनु नपर्ने निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment