Comments Add Comment

फाइनान्स कम्पनीको संख्या फेरि घट्ने

७ साउन, काठमाडौं । ‘ग’ वर्गका वित्तीय संस्था अर्थात फाइनान्स कम्पनीहरुको संख्या पुनः घट्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजना अघि ७९ वटा रहेका फाइनान्स कम्पनीहरुको संख्या आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा आइपुग्दा २५ वटामा झरेका थिए ।

बेष्ट फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी पनि एक आपसमा मर्ज हुने सहमति गरेपछि फाइनान्स कम्पनीको संख्या २४ मा झर्ने पक्का भएको हो ।
दुबै संस्थालाई एक आपसमा मर्ज हुन राष्ट्र बैंकले असार १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

आगामी १७ गते राजधानीमा विशेष समारोहको आयोजना गरी एकिकृत कारोबार शुभारम्भ गर्ने कम्पनीको तयारी छ । मर्जर पछि बेष्ट फाइनान्सको नामबाट कारोबार गरिने बताइएको छ ।

दुबै संस्थाका तथ्यांकलाई एकिकृत गर्न एकिकृत कारोबार शुरु हुनु भन्दा एक दिन अगाडि अर्थात असार १६ गते सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment