Comments Add Comment

यौन प्रस्ताव अस्वीकार गरेपछि ६९ वर्षीया बृद्धाको हत्या

७ साउन, गुल्मी । यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै गुल्मीमा ६९ वर्षीया बुद्धाको हत्या भएको खुलेको छ ।

यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिबेदीले बताए ।

यही साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक द्धिबेदीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेका गोकुलले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

घटनाबारे थप अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी द्धिवेद्धीले जानकारी दिए ।

मृतक बृद्धाका ३ छोरी र १ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment