Comments Add Comment

प्रचण्डलाई कांग्रेसको जवाफ : लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि सम्झिनू

७ साउन, काठमाडौं । नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ ।

सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले त्यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गरेका हुन् ।

प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । जवाफमा कांग्रेस प्रवक्ता शर्माले लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभमि हेक्का राख्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री रहिसकेका र विगतमा १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई शर्माले भनेका छन् `लासको राजनीति´ आरोप लगाउनुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !!’

शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कि भनेर पनि प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment