Comments Add Comment

जुही चावलासँग बिहे गर्न चाहन्थे सलमान खान


बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् ।

सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि, सलमानले लुलियासँग बिहे गर्छन् भन्ने कुरामा धेरैलाई शंका छ ।

हालै सलमानको बारेमा नयाँ रहस्य सार्वजनिक भएको छ । उनको एउटा पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ, जसमा उनले भनेका छन् कि उनी एक समय नायिका जुही चावलासित एकतर्फी प्रेममा थिए ।

जुनबेला जुही लाइमलाइटमा थिइन् भने सलमान संघर्ष गर्दै थिए । जुहीले सलमानलाई भाउ दिन्नथिइन् । त्यसैले सलमानले सिधै जुहीका बाबुसँग छोरीको हात मागेका थिए ।

‘मैले जुहीका बाबुसँग विवाहको विषयमा कुरा गरेँ, तर उहाँले अस्वीकार गर्नुभयो,’ समालनले अन्तरवार्तामा भनेका छन्, ‘सायद म जुहीका लागि योग्य छैन ।’

जुहीले भने सलमानलाई निकै हेप्थिन् । एक निर्देशकले जुहीलाई सलमानको अपोजिटमा काम गर्न अफर गरेका थिए । तर जुहीले ठाडै अस्वीकार गर्दै सलमानको ठाउँमा आमिर खानलाई लिन सुझाएकी थिइन् । त्यो थाहा पाएपछि जुहीसँग आगो भएका थिए सलमान ।

त्यसयता सलमानले जुहीसँग कुनै फिल्ममा काम गरेनन् । हालै एक कार्यक्रममा जुहीले सलमानको फिल्ममा काम गर्ने इच्छा प्रकट गर्दा उनले आफ्नो आमाको भूमिकामा अफर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment