Comments Add Comment

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

८ साउन, वीरगञ्ज । पर्सा, बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ सोनवर्षमा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको हो ।

स्थानीय बुरदिन मियाँ अन्सारीले सञ्चालन गरेको बर्कत राइस मिलमा धान कुट्ने क्रममा मियाँकै छोरा ३५ वर्षीय मोजिबुर रहमानको मृत्यु भएको हो ।

धान कुट्ने क्रममा राति साढे ११ बजेतिर मोजिबुर मिलको फित्तामा अल्झेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए ।

त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा पर्साको पटेर्वासुगौली गाउँपालिका बस्ने शम्भु चौधरीको श्रीमती ३५ वर्षीया प्रेमशिला चौधरीको मृत्यु भएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारमै राति ८ बजेतिर दुर्घटना भएको थियो ।

वीरगञ्जबाट जीतपुरतर्फ जाँदै गरेको एच आर३८डब्लु ३२९४ नम्बरको ग्याँस बुलेटले पैदल यात्री प्रेमशिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले जानकारी दिए । बुलेटले किचेपछि उनको घटना स्थलमै मृत्यु भएको थियो ।

चालक र ग्यास बुलेटलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसैबीच पर्साको बहुदरामाई नगरपालिका-४ डकैला बहुअरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय रुपचन्द्र महतोका १२ वर्षीय छोरा रामबाबु महतोको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझ नजिकैको वीरेन्द्र यादवको माछा पोखरीमा पौडी खेल्न गएका रामबाबु डुबेर गम्भीर अवस्थामा पुगेका थिए ।

उपचारका लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment