Comments Add Comment

प्रदेश २ मा धेरै बैंक शाखा, कर्णाली प्रदेशमा सबैभन्दा कम

९ साउन, काठमाडौं । वाणिज्य बैंकहरुको शाखा सञ्जाल प्रदेश नम्बर २ मा सबैभन्दा धेरै देखिएका छन् । प्रदेश २ मा रहेका १ सय ३६ स्थानीय तहमध्ये १ सय ७ वटा स्थानीय तहमा जेठ मसान्तभित्रै शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

यसैगरी प्रदेश नम्बर एक बैंक शाखा सञ्जालका हिसाबले दोस्रो स्थानमा देखिएको छ । प्रदेश नम्बरमा १ सय ३७ वटा स्थानीय तहहरु छन् ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्मा प्रदेश एकका एक सय स्थानीय तहमा शाखा वाणिज्य बैंकका शाखा सञ्जाल विस्तार भएका छन् ।

मुलुकको राजधानी समेत रहेको प्रदेश नम्बर ३ भने बैंक शाखा सञ्जालका आधारमा समेत तेस्रो नम्बरमा नै देखिएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा प्रदेश नम्बर ३ का १ सय १९ स्थानीय तहमध्ये ९६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ का १ सय ९ स्थानीय तह मध्ये ८९ स्थानीय तहमा वाणिज्य बैंकले उपस्थिति जनाइसकेका छन् । बैंक शाखा सञ्जालका आधारमा यस प्रदेश चौथो स्थानमा देखिएको छ ।

वाणिज्य बैंकका शाखाको उपस्थितिको आधारमा गण्डकी प्रदेश पाँचौ स्थानमा देखिएको छ भने प्रदेश नम्बर ७ छैठौ स्थानमा देखिएको छ ।

यस अवधिमा गण्डकीका ८५ स्थानीय तहमध्ये ६८ स्थानीय तहमा र प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ४८ स्थानीय तहमा वाणिज्य बैंकले आफ्नो उपस्थिति देखाइसकेका छन् ।

सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ४२ वटा स्थानीय तहमामात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment