Comments Add Comment

मुम्बइमा टाइगरले पनि किने नयाँ अपार्टमेन्ट


बलिउडका कलाकारहरु आलिसान जीवनशैली बिताउन चाहन्छन् । यसैले, काम गरेर राम्रै रकम कमाएपछि उनीहरुको पहिलो रोजाइ नै अपार्टमेन्ट खरिद गर्ने हुन्छ । बलिउडका थुप्रै नायक तथा नायिकाले आफ्नै कमाइबाट अर्पाटमेन्ट खरिद गरिसकेका छन् ।

बलिउडका कलाकार आलिसान जीवन मात्र होइन, गोप्यता पनि खोज्छन् । यसैले पनि उनीहरु परिवारबाट थोरै टाढा बस्न रुचाएको देखिन्छ ।
यसैविच, पछिल्लो समयका स्टार नायक टाइगर श्राफले पनि मुम्बइमा एक अपार्टमेन्ट खरिद गरेका छन् । टाइगर केही समयदेखि अपार्टमेन्टको खोजीमा थिए ।

उनले, मुम्बइमा आठ वटा बेडरुम भएको अपार्टमेन्ट खरिद गरेका हुन् । टाइगरले आफ्नो कमाई अपार्टमेन्टमा लगानी गरेपछि उनको परिवार पनि खुशी भएको छ ।

टाइगरले आफ्नो अपार्टमेन्टको इन्टेरियर डिजाइनको जिम्मा जोन अब्राहमका भाइलाई दिएका छन् । अर्को बर्षको सुरुवातमा टाइगर नयाँ अपार्टमेन्टमा सर्ने भारतीय मिडियामा उल्लेख छ । चलचित्र ‘बाघी २’ हिट भएपछि हौसिएका टाइगर अहिले चलचित्र ‘स्टूडेन्ट अफ द इयर २’को काममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment