Comments Add Comment

डा. केसीको स्वास्थ्य अवस्था नाजुक

फाइल फोटो

९ साउन, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला केसी अचेत हुन सक्ने बताएका हुन् ।

डा. केसी अनसन बसेको बुधबार २६ दिन पुगेको छ ।

‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् ।

डा. केसीको मागको विषयमा सरकारसँग वार्ता भइरहे पनि सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment