Comments Add Comment

गम्भीर घाइते र अपाङ्गलाई पुनर्स्थापना केन्द्रमा राख्छौंः मुख्यमन्त्री शाही

९ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घाइते र अपाङगता भएकाहरुका लागि पुनर्स्थापना केन्दै स्थापना गर्ने बताएका छन् ।

अर्काको सहारा आवश्यक हुने गम्भीर प्रकृतिका घाइते अपाङ्गहरुको पहिचान गरी गास, बास र कपाससहित पुनर्स्थापना केन्द्रमा राखिने उनको भनाइ छ ।

आफ्नै कार्यकक्षमा बुधबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश समितिको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाहीले घाइते-अपाङ्गको समस्याप्रति गम्भीर भएरै प्रदेश सरकारले नीति कार्यक्रममै पुनस्र्थापना केन्द्र स्थापना गर्ने उल्लेख गरेको बताए ।

मुख्यमन्त्री शाहीले अपाङ्गता भएकाहरुको क्षमता र अपाङ्गताको प्रकृति हेरेर रोजगारमुलक कार्यक्रम ल्याइने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।’प्रदेश सरकार सबै नागरिकलाई रोजगारीको श्रृजना गर्छ ‘ उनले भने, ‘रोजगारीमा पहिलो प्राथमिकता अपाङ्गता भएकाहरुलाई दिइनेछ ।’

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वनाउने अपाङ्गता सम्वन्धी कानूनमा अपाङ्गता भएका समुदायको अपनत्वको ग्यारेण्टी गरिने बताए ।’तपाईंहरुलाई नसोधेर, तपाईंहरुको राय नलिइ कानून बनाइने छैन ।’ उनले भने ।

मुख्यमन्त्री शाहीले राष्ट्रिय अपाङ्ग महासंघका मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउँदै माग पूरा गर्नका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री शाहीलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य देविदत्त आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा सामाजिक सुरक्षा भत्ता दश हजार व्यवस्था गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि चाहिने सहायक सामागि्र प्रदेशमै उत्पादन तथा वितरणका लागि वजेट व्यवस्था गरिनुपर्ने, पूर्ण अशक्त र वौद्धिक अपाङ्गता भएका व्यक्तिको सहयोगीका लागि वजेट व्यवस्था गरिनुपर्ने लगायतका माग रहेका छन् ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सुनिश्चितता, सीपमुलक तालिमको व्यवस्था, व्यापार व्यवसायका लागि न्युनतम व्याजदरमा ५० प्रतिशत छुटको व्यवस्था, उद्योग व्यवसाय दर्ता तथा करमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने पनि माग पनि ध्यानाकर्षण पत्रमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment