Comments Add Comment

आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप

१० साउन, काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो ।

सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment