Comments Add Comment

‘रोमियो एन्ड मुना’ श्रृष्टीका लागि विशेष


नायिका श्रृष्टी श्रेष्ठको व्यस्तता केहीदिनयता खुबै बढेको छ । श्रृष्टी भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रोमियो एन्ड मुना’को प्रचारमा लागिपरेकी छिन् । चलचित्रका निर्माता समेत रहेका विनय श्रेष्ठ र श्रृष्टी करिब एक महिनादेखि यसैको दौडमा छन् ।

विनय र श्रृष्टीको लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । प्रसन्न गोपाली यो चलचित्रका निर्माता हुन् ।

नायिका श्रृष्टी श्रेष्ठका लागि यो चलचित्र विशेष छ । किनकी, उनको २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘गाजलु’पछि नयाँ चलचित्र हलमा लागेको छैन । यो विचमा बरु श्रृष्टीको चर्चा नायक सौगात मल्लसँगको प्रेमका कारण बढी भयो । यसैले पनि श्रृष्टी आफ्नो दोश्रो प्रोजेक्टलाई हिट बनाउन कम्मर कसेर लागेकी छिन् ।

चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकलाई आकषिर्त गरेको छ । चलचित्रमा श्रृष्टी गाउँले यूवतीको भूमिकामा छिन् भने विनय आधुनिक शहरिया यूवाको भूमिकामा छन् । यसैले पनि यी दुइको रोमान्टिक लभ स्टोरी दर्शकका लागि फरक स्वाद हुनसक्छ ।

लभ स्टोरी चलचित्र कहिले पुरानो हुँदैन भनिन्छ । विनय र श्रृष्टीको प्रेमकथा सफल भएको खण्डमा, यो सोचलाई अझै मलजल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment