Comments Add Comment

सुन तस्कर समातेकोमा यूएईलाई धन्यवादः गृहमन्त्री

बादललाई यूएईका राजदूतले दिए भ्रमणको निम्तो

१० साउन, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका यूएईका राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिमार्फत गृहमन्त्री थापाले धन्यवाद दिएका हुन् ।

सुन तस्करीबारे अनुसन्धान गर्ने क्रममा नेपाल सरकारको आग्रहअनुसार यूएईले एकजनालाई पक्राउ गरी नेपाल पठाउन सहयोग गरेको थियो ।

भेटकै क्रममा गृहमन्त्री थापाले यूएईमा कार्यरत नेपाली कामदारहरुको संरक्षण र वृत्ति विकासमा सहयोग गर्न राजदूत साईद हम्दानलाई आग्रहसमेत गरेका छन् ।

भेटमा राजदूत नाक्बिले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र यूएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएको भन्दै नेपालले यस्तो प्रकारको सम्झौता गर्न चाहे यूएई तयार रहेको प्रष्ट पारेका थिए ।

यूएईका उपप्रधान तथा गृहमन्त्रीका तर्फबाट राजदूत नाक्बिले गृहमन्त्री थापालाई यूएई भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment