Comments Add Comment

किरण केसीको ‘दाल भात तरकारी’ गर्लान् त प्रदिपले ?


चलचित्र ‘छक्का पन्जा २’मा काम नगरेका नायक प्रदिप खड्कालाई चलचित्र ‘शत्रु गते’मा पनि खेलाउने सोच यसको निर्माणपक्षको थियो । तर, उनीसँग सम्पर्क हुन सक्दा सो चलचित्रमा उनी भएनन् ।

तर, निर्माता किरण केसीले प्रदिपको स्टारडम राम्रैसँग वुझेका छन् । यसैले, मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’का लागि नायक खड्कालाई अफर गरिएको छ ।

निर्माताद्धय किरण केसी र हरिवंश आचार्यले प्रदिपलाई अफर गरेर कथाको प्लट सुनाएका छन् । तर, प्रदिप अहिले अष्ट्रेलियामा छन् ।
यसैले पनि उनले चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा कुर्नै पनि निर्णय लिएका छैनन् । प्रदिपले अनलाइनखबरसँग भने-‘हो, मलाई दाल भात तरकारीका लागि अफर आएको छ । तर, आफ्नो भूमिका पुरै नसुनी मैले निर्णय लिएको छैन ।’

नेपाल आएपछि कथा पुरै सुनेर के गर्ने भन्ने बिषयमा निर्णय गर्ने प्रदिपको भनाई छ । प्रदिपले भूमिका पावरफूल भएको खण्डमा मात्र गर्ने सोच बनाएका छन् । यदि, यसमा भूमिका पावरफूल नभएको खण्डमा आफै कमेडी चलचित्र निर्माण गर्ने योजना समेत उनको छ ।

प्रदिप अहिले चलचित्र ‘रोजी’को छायांकनमा व्यस्त छन् । यसपछि, उनले आफ्नै निर्माणमा बन्न लागेको चलचित्र ‘लभ स्टेशन’मा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment