Comments Add Comment

‘रोमियो एन्ड मुना’मा श्रृष्टीको कामको प्रशंसा


आजबाट देशभरका हलमा चलचित्र ‘रोमियो एन्ड मुना’ रिलिज भएको छ । नरेश कुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रले लभ स्टोरी कथालाई उठान गरेको छ ।

चलचित्रको आज बिहान काठमाण्डौको कुमारी हलमा प्रेश शो समेत आयोजना गरिएको थियो । प्रेस शोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, सुरक्षा पन्त लगायत पुगेका थिए । चलचित्रले विनय र श्रृष्टीको प्रेमसँगै श्रृष्टीको व्यक्तिगत कथालाई बढी फोकस गरेको छ ।

चलचित्र हेरिसकेपछि पत्रकारबाट पाएको प्रतिक्रियाले उनीहरु उत्साहित देखिएका छन् । चलचित्रको प्रचारका लागि थुप्रै फन्डा अपनाइएको ‘रोमियो एन्ड मुना’को सुरुवाती व्यापार भने औषत छ ।

मल्टिप्लेक्समा चलचित्रको व्यापार सामान्य छ भने सिंगलमा सुरुवात औषत छ । चलचित्र हेर्नेले नायिका श्रृष्टी श्रेष्ठको कामको प्रशंसा गरेका छन् । करिब २ बर्षपछि नेपाली चलचित्रको पर्दामा देखिएकी नायिका श्रेष्ठले आफ्नो भूमिकालाई जिवन्त रुपमा निर्वाहा गरेको प्रतिक्रिया पत्रकारहरुले दिएका थिए ।

चलचित्रको कथावस्तु पनि राम्रो रहेको प्रतिक्रिया पत्रकारहरुबाट आएको छ । प्रेश शोमा पुगेका नायक विनयले आफूहरुको मिहिनेत सफल भएको बताए । प्रशन्न गोपालीले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment