Comments Add Comment

ऋतिक र सुजैनले फेरि बिहे गर्ने चर्चा


ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए ।

तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो ।

आश्चर्यको विषय के भयो भने डिभोर्सपछि यी दुई प्राय सँगसँगै देखिन्थ्यो । वैवाहिक सम्वन्धमा आएको तिक्तता डिभोर्सपछि सम्भवतः मेटियो । उनीहरु छोराछोरीहरु लिएर सँगै घुम्ने, विभिन्न फङ्सनहरुमा एकसाथ जाने गर्न थाले ।

कानूनी रुपमा विभाजित भए पनि मानसिक रुपमा उनीहरु विभाजित हुन सकेनन् । छोराछोरीको खुशीका खातिर आफूहरुले एकसाथ समय बिताउने गरेको तर्क दुवैले गर्दै आएका छन् । तर, अहिले चर्चा चल्न थालेको छ कि ऋतिक र सुजैन आफूहरुको सम्वन्धलाई पुनः पहिलेकै स्थानमा लैजान चाहन्छन् । र, उनीहरु चाँडै पुनःविवाह गर्ने तयारीमा छन् ।

उनीहरुले यसै वर्ष बिहे गर्न सक्ने समाचार केही मिडियामा आएको छ । यसका बारेमा उनीहरुले मौनता साँधिरहेका छन् । सुजैनले केही समयअघि एक अन्तरवार्तामा भनेकी थिइन्, ‘हामी दुवै आफ्ना छोराछोरीलाई धेरै माया गर्छौं र उनीहरुको खुशीका लागि जे पनि गर्न सक्छौं ।’
ऋतिक र सुजैनका दुई छोराछोरी छन् । यदी बाबुआमाले पुनः बिहे गरे भने यी छोराछोरी पक्कै दंग पर्लान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment